Comments Add Comment

फ्रान्समा चार सयभन्दा बढी स्वास्थ्यकर्मीको प्रदर्शन, ५० जनालाई जरिवाना

१० जेठ, काठमाडौं । फ्रान्सको पेरिसको अस्पतालअघि चारसयभन्दा बढी स्वास्थ्यर्कीले प्रदर्शन गरेका छन् । अस्पतालको लागि थप आर्थिक सहयोगको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । स्थानीय सञ्चारमाध्यममा अस्पतालले अहिले वित्तीय संकटको सामना गरिरहेको समाचार आएसँगै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रहरीका अनुसार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि सरकारले तोकेको भौतिक दुरी भने कायम राखेका थिएनन् ।

आन्दोलनमा उत्रिएकालाई आन्दोलन छाड्ने वा जरिवाना तिर्ने दुई विकल्प दिएको थियो । जसमा कम्तीमा ५० जनालाई १३५ यूरो जरिवाना गराइएको थियो । साथै तीन जनालाई पक्राउ गरिएको थियो ।

आन्दोलनकारीले तलब बढ्नुपर्ने र स्वास्थ्यकर्मीका लागि काम गर्ने वातावरणमा सुधार हुनुपर्ने माग गरेका थिए । कोरोना भाइरसको महामारी शुरु हुनुभन्दा अगाडि नै वित्तीय संकटको सामना गरेको पेरिस सहरमा कोरोना भाइरसको महामारीले अस्पतालको कोषलाई थप उजागर गरेको हो । आन्दोलनकारीहरुले स्वास्थ्यकर्मीले कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च रहँदारहँदै पनि स्वास्थ्यकर्मीले अत्यधिक काम गर्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

फ्रान्समा मे महिनाको शुरुदेखि मुलुकमा लगाइएको लकडाउन केही खुकुलो बनाएको थियो । यससँगै मुलुकमा पसल र विद्यालयहरु खुल्न थालेका छन् । तर, राजधानी सहर पेरिसमा भने अझै पनि प्रतिबन्ध कायम छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment