+
+
Shares

इरानी अभिनेत्रीका कारण फ्रेन्च राष्ट्रपतिले खाए पत्नीको झापड !

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:३८

गत वर्ष एक विदेश यात्राको क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई उनकी पत्नीले थप्पड हानेको घटना सार्वजनिक भयो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लामो समयसम्म चर्चामा पनि रह्यो ।

समयसँगै विस्मृतिमा जाँदै गरेको उक्त घटना अहिले पुनः चर्चामा आएको छ । तर, पुरानो घटना अहिले आएर फेरि चर्चित हुनुको कारण म्याक्रोनलाई उनको श्रीमतीले पुनः चड्कन हानेकाले चाहीँ होइन। एकवर्ष अघिको उक्त थप्पडको खास कारणका बारेमा गरिएको एक दाबीले घटनालाई पुनः ताजा बनाइदिएको हो ।

फ्रेन्च पत्रकार फ्लोरियन टार्डिफले प्रकाशित गरेको An (almost) perfect couple नामक पुस्तकमा गरेको उक्त दाबी अनुसार एक इरानी अभिनेत्रीका कारण इम्यानुएल म्याक्रोनले पत्नीको झापड खानुपरेको थियो । पत्रकार फ्लोरियन टार्डिफले आरटिएल रेडियोसँगको अन्तर्वार्तामा पनि सोही दाबी दोहोर्‍याएका छन् ।

उनका अनुसार ७३ वर्षीया ब्रिजिट म्याक्रोनले आफ्ना ४८ वर्षीय पतिलाई थप्पड हान्नुको कारण इरानी मूलकी ४२ वर्षीया अभिनेत्री गोलशिफ्तेह फराहानी थिइन्। इम्यानुएलको फोनमा अभिनेत्री फराहानीको मेसेज आएको कुरालाई लिएर उनलाई पत्नीले थप्पड मारेको दाबी पत्रकार टार्डिफले गरेका छन् ।

उनका अनुसार इमान्युएल म्याक्रोनको फोनमा इरानी अभिनेत्रीको आपत्तीजनक मेसेज भेटेसँगै पत्नी ब्रिजिटले विदेश भ्रमणकै बेला चड्कन मारेको थिइन् ।

यो घटना गत वर्ष मे महिनामा भियतनामको हनोईमा विमानबाट ओर्लनुअघि भएको बताइन्छ। उक्त थप्पडको घटना सार्वजनिक भएपछि म्याक्रोनको टिमले सुरुमा त भिडियो एआईबाट बनाइएको हुनसक्ने दाबी गर्दै ड्यामेज कन्ट्रोलको प्रयास गरेको थियो। तर पछि चाहीँ सो त्यसलाई केवल मजाकपूर्ण थप्पड भएको भनेर व्याख्या गरिएको थियो ।

तर, पत्रकार टार्डिफले भने फ्रेन्च राष्ट्रपति र इरानी अभिनेत्रीबीच निकै अन्तरंग मेसेजहरु हुने गरेको दाबी गरेका छन् ।

एउटा फोन मेसेजमा इरानी अभिनेत्रीले म्याक्रोनलाई तिमी निकै ह्याण्डसम लाग्छ भनेकी थिइन् र त्यसको जवाफमा म्याक्रोनले पनि तिमी निकै सुन्दर छौ भनेर इरानी अभिनेत्रीलाई मेसेज पठाएका थिए ।

उता इरानी शासकनी कडा आलोचक रहेकी अभिनेत्री फराहानीले भने फ्रेन्च राष्ट्रपति म्याक्रोनसँग कुनै सम्बन्ध रहेको दाबीलाई अस्वीकार गरेको एक फ्रेन्च पत्रिकाले दाबी गरेको छ ।

त्यसैगरी ब्रिजिटका प्रतिनिधिहरूले पनि उक्त थप्पडको घटनासँग फराहानीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। ब्रिजिटले स्वयम्ले चाहीँ आफूले कहिल्यै पनि पतिको मोबाइल फोन नहेर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?