+
+
Shares

सूचीकृत ५ सिमेन्ट उद्योग, कुनको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँच सूचीकृत सिमेन्ट कम्पनीहरूले बिक्री आम्दानी र नाफामा सुधार देखाएका छन्।
  • शिवम् सिमेन्टको नाफा ५४ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स नोक्सानीबाट नाफामा गएको छ।
  • घोराही सिमेन्टले नोक्सानी घटाएको छ र बैंकको ब्याजदर घट्दा वित्तीय लागत कम भएको छ।

३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा सिमेन्ट कम्पनीहरूको वित्तीय विवरण थप सुधारिएको छ । नेपाल स्टक एक्स्चेन्जमा हाल पाँच सिमेन्ट कम्पनी सूचीकृत छन् ।

सर्वोत्तम, शिवम्, पाल्पा, घोराही र सोनापुर बजारमा सूचीकृत सिमेन्ट कम्पनी हुन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार औसतमा यी कम्पनीले नाफा बढाएका छन् भने एउटाले नोक्सानी घटाएको छ ।

बिक्री आम्दानी बढ्दा तथा वित्तीय लागत घट्दा कम्पनीहरूले नाफा बढाउन वा नोक्सानी घटाउन सफल भएका हुन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांशको बिक्री आम्दानी बढेको छ ।

शिवम् सिमेन्टको बिक्री आम्दानी केही घटे पनि लागत र कुल खर्चलाई व्यवस्थापन गर्दा नाफा ५४ प्रतिशत बढेको छ । पहिले नोक्सानीमा रहेको सोनापुर मिनरल्स यस पटक नाफामा गएको छ भने घोराही सिमेन्ट आफ्नो नोक्सानीलाई उच्च मात्रामा घटाउन सफल भएको छ ।

निर्माण क्षेत्र केही सल्बलाउन थालेसँगै समग्रमा बिक्री आम्दानी बढ्दा सिमेन्ट उद्योगहरूको नाफामा सुधार देखिएको हो ।

त्यस्तै वित्तीय लागत घट्दा पनि धेरै हदसम्म नाफालाई टेवा पुगेको देखिन्छ । बैंकको ब्याजदर घट्दै जाँदा उद्योगीहरूले तिर्नुपर्ने ब्याज रकम पनि घट्दो छ । यही कारण कम्पनीको वित्तीय लागत घट्न गएको छ, जसले नाफामा सिधा प्रभाव देखिएको हो ।

पहिलेभन्दा बिक्री बढेको वित्तीय विवरणले नै पुष्टि गर्छ, तर पनि उद्योग अझै पूर्ण क्षमतामा चल्न सकेका छैनन् । मुलुकभर करिब ६० सिमेन्ट उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन् ।

सिमेन्ट कम्पनीहरूको बिक्री आम्दानी

कम्पनी बिक्री आम्दानी ०८२ चैत बिक्री आम्दानी २०८१ चैत वृद्धिदर %
सर्वोत्तम सिमेन्ट ७ अर्ब ७९ लाख ६ अर्ब ८१ करोड २.९०
शिवम् सिमेन्ट ४ अर्ब ९५ करोड ५ अर्ब ३९ करोड -८.१६
पाल्पा सिमेन्ट ३ अर्ब ४० करोड
घोराही सिमेन्ट ३ अर्ब ५५ करोड ३ अर्ब ५२ करोड ०.८५
सोनापुर मिनरल्स ३ अर्ब ४ करोड ९१ करोड ५८ लाख २३४

सिमेन्ट कम्पनीहरूको नाफा स्थिति

कम्पनी नाफा २०८२ चैत नाफा २०८१ चैत वृद्धिदर %
सर्वोत्तम सिमेन्ट ९० करोड ५८ हजार ६० करोड ३० लाख ५०.२१
शिवम् सिमेन्ट ६१ करोड ९१ लाख ४० करोड ५ लाख ५४.५८
पाल्पा सिमेन्ट ५ करोड ७२ लाख
घोराही सिमेन्ट –१५ करोड ८६ लाख –५५ करोड ४३ लाख
सोनापुर मिनरल्स २२ करोड ६१ लाख – ७ करोड ५९ लाख

सिमेन्ट कम्पनीको हालको वार्षिक प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ (रुपैयाँमा)

कम्पनी प्रतिसेयर आम्दानी प्रतिसेयर नेटवर्थ
सर्वोत्तम सिमेन्ट २३.१२ १९५.९६
शिवम् सिमेन्ट १४.७६ १८५.३१
पाल्पा सिमेन्ट २.४८ १२९.५८
घोराही सिमेन्ट –३.१६ १६८.६९
सोनापुर मिनरल्स ७.३५ १९७.२२

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?