
११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसदलाई सरकारले दिने बजेट कटौती गर्न प्रस्ताव गरेको छ । कांग्रेसले विज्ञ तथा अर्थमन्त्रीहरू राखेर बनाएको अर्थतन्त्रसम्बन्धी प्रतिवेदनले उक्त सुझाव दिएको हो ।
अहिले सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत हरेक निर्वाचन क्षेत्रमा छ करोड रुपैयाँ जाने गरेको छ। कांग्रेसको प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय पूर्वाधार साझेदारी जस्तो विवादित आयोजनालाई समायोजन वा महामारीका बेला निलम्बन गर्न उपयुक्त देखिन्छ ।’ यो कार्यक्रमका कारण वर्तमान सरकार निरन्तर आलोचित भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4