Comments Add Comment

२५ सयको भिडमा नेपाल प्रवेश गरेका थप एक जनामा कोरोना संक्रमण

११ जेठ, कैलाली । ८ जेठमा गौरिफन्टा नाकाबाट आएका २५ सय जनामध्ये ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किएका २४ सय ९८ जनामध्ये आइतबार थप एक जनामा संक्रमणको पुष्टि भएको हो ।

शनिबार त्यही भिडमा रहेका ४ जनामा संक्रमणको पुष्टि भएको थियो ।

अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षका युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप सिंह श्रेष्ठले बताए ।
‘अरुको हिजो नै रिपोर्ट आएको थियो उहाँको आज आएको हो’ उनले भने, ‘संक्रमितको स्वास्थ्य सामान्य छ ।’

संक्रमित युवकको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती अस्पतालमा थप एक जना शंकास्पद बिरामी उपचाररत रहेको उनले बताए ।

यसअघि सुदूरपश्चिमको कैलालीका ३ जना डडेल्धुराका १ जना र बैतडीमा १ जनालाई पनि कोरोना संक्रमण देखिएको थिए ।

यो पनि पढ्नुहोस सिमानामा २४ सयको भिडमा थिए बैतडीका ४ जना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment