Comments Add Comment

जेठ ४ मा दिल्लीबाट आएका युवकलाई पर्सामा कोरोना संक्रमण

११ जेठ, वीरगञ्ज । पर्सामा आइतबार थपिएका तीन जना कोरोना संक्रमितमध्ये एक व्यक्ति भारतबाट आएको खुलेको छ ।

उनी वीरगञ्जका २५ वर्षीय युवक हुन् । श्रीमतीको उपचार गराउनका लागि उनी चैतको पहिलो हप्ता दिल्ली गएका थिए ।

श्रीमतीलाई भने उपचारपछि भारतमै आफन्तकोमा छाडेर जेठ ४ गते काँकटभिट्टा नाका भएर पैदल वीरगञ्ज आइपुगेका थिए ।

भारतबाट आएका कारण परिवारका अन्य सदस्यमा पनि संक्रमणको जोखिम हुने भन्दै उनी सिधै सिद्धार्थ माविको क्वारेन्टाइनमा गएर बसेका थिए । पछि उनलाई त्रिजुद्ध माविको क्वारेन्टाइनमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का व्यक्ति भने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ६० वर्षका वृद्ध रहेका छन् । उनी पनि त्रिजुद्ध माविको क्वारेन्टाइनमा बस्दै आएका छन् ।

संक्रमण पुष्टि भएका अर्का व्यक्ति भने पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी कर्मचारी हुन् ।

पर्सामा भेटिएका तीन जना संक्रमितमध्ये २ जनालाई गण्डक कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको छ भने पर्सामा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवानलाई भने कलैया अस्पतालको आइसोलेन वार्डमा भर्ना गरिएको छ ।

वीरगञ्जकै त्रिजुद्ध माविको क्वारेन्टाइनमा राखिएका दुवै जनाको जेठ ५ मा स्वाब संकलन गरिएको थियो बारामा कार्यरत प्रहरी कर्मचारीको भने जेठ ७ गते स्वाब संकलन गरिएको थियो ।

तीन जना संक्रमित थपिएसँगै पर्सा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमध्ये तीन जना भारतीय नागरिक भने निको भएर डिस्चार्ज भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment