+
+
Shares

ईदबाट भ्रातृत्व र एकता कायम राख्न प्रेरणा मिल्नेछ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते ७:०२

१२ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

ईदको शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘यो वर्ष नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु ।’

ईद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने पनि उनले उल्लेख गरेका छन् । नेपालमा मनाइने यस्ता पर्वले एकता र आपसी सदभाव बढोत्तरी हुने विश्वास सभामुख सापकोटाको छ ।

यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ईदको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?