Comments Add Comment

कोरोनाका कारण रोकियो विश्वकै गहिरो सुनखानीको काम

१२ जेठ, काठमाडौं । दक्षिण अफ्रिकास्थित विश्वको सबैभन्दा गहिरो सुनखानीको काम रोकिएको छ । खानीका १ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित देखिएपछि पोनेन्ग खानीमा काम बन्द भएको हो ।

यो सुनखानी गत मार्च महिनामा बन्द गरिएको थियो भने लकडाउन खुलेसँग गत महिना खुलेको थियो । यसमा आधा कर्मचारीले काम गरिरहेका थिए । तर, केहीले भने खानीमा काम गर्दा आफूहरुको सुरक्षाको बारेमा ध्यान नदिएको गुनासो गरेका थिए । खानीमा पाइएका संक्रमितमध्ये अधिकांशमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।

एंग्लोगोल्ड अशान्ति कम्पनीका अनुसार, खानीमा संक्रमित पाइएका मानिसहरूलाई आइसोलेसनमा राखिएको छ । गत साता खानीमा काम गर्ने एक कामदारमा कोरोना भाइरसको संक्रमण देखिएसँगै ६ सय ५० जना कामदारमा कोरोना भाइरसको परीक्षण गराइएको थियो ।

अफ्रिका महादेशमा नै दक्षिण अफ्रिका सबैभन्दा धेरै संक्रमित भएको मुलुक हो । यो मुलुकमा अहिलेसम्म कोरोना भाइरसका २१ हजार ३ सय ४३ संक्रमित फेला परेका छन् भने ४०६ जनाको भाइरसको कारण मृत्यु भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment