१२ जेठ काठमाडौं । युरोपियन राष्ट्र एन्डोराको फुटबल टिमका वर्तमान कप्तान हुन् उनी । देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छन् । उनी हुन्, ल्डेफोन्स लिमा ।
४० वर्षीय यी डिफेण्डरले एन्डोराको लागि सर्वाधिक ११ गोल गरेका छन् । उनले सर्वाधिक १२८ खेल खेलेका छन् ।
सन् १९९७ मा एन्डोराको लागि डेब्यु गरेका उनी अझ खेल्दैछन् । उनले २३ वर्ष अन्तर्राष्ट्रिय फुटबलमा बिताइसके ।
उनले अझै खेल्न सक्ने र पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा लामो समयसम्म खेल्ने विश्व कीर्तिमान समेत भएको दाबी गरेका छन् । ‘मैले २३ वर्ष खेलिसकेँ र म अझै उस्तै अनुभुव गर्छु जुन मैले पहिलो गेम अघि अनुभुव गरेको थिएँ,’ ४० वर्षीय लिमाले भने ।
उनले यो उमेरमा पनि आफू उस्ते ट्रेनिङ गर्ने बताए । उनले भने, ‘म मेरो हेरचाह आफैँ गर्छ। म ट्रेनिङ गर्छु । म राम्रोसँग खान्छु र सुत्छ । तिमीले यो सबै कुरा गर्नुपर्छ । भाग्यवश मलाई कुनै ठूलो चोट लागेन । मेरो विचारमा त्यो ठूलो कुरा हो जसले तिमीलाई सहयोग गर्छ ।’
‘सबै कुरा गाह्रो हुन्छ तर यदि तिमीले आफ्नो हेरचाह गर्यौ भने तिमीले गर्न सक्छौँ । म राष्ट्रिय टिमबाट खेल्दा इन्जोए गर्छ । यसले मलाई उत्प्रेरित गर्छ,’ उनले थपे ।
एन्डोले सन् १९९६ मा युइएफए को मान्यता पाएपछि लिमाले एक वर्षपछि नै डेब्यु गरे । त्यो एन्डोराको दोस्रो अन्तर्राष्ट्रिय खेल थियो । इस्टोनियाविरुद्ध ४-१ ले पराजित हुँदा लिमाले पनि गोल गरेका थिए ।
त्यसपछि उनी टिममा सधैँ छन् र एक दशकअघि कप्तान समेत बने ।
अग्ला र बलिया सेन्ट्रल डिफेण्डर लिमा धेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाउदा खुशी छन् । उनले खेलेका १०० बढी खेलमा पराजित भएका छन् । उनले एन्डोराको लागि ५ खेलमा मात्र जित हात पारेका छन् । ७७ हजार मात्र जनसंख्या रहेको टिमले त्यसमा पनि खुशी मनाएका थिए ।
पछिल्लो विश्वकप छनवटमा हंगेरीविरुद्ध १-० को जित लाई उनले आफ्नो करियरको हाइलाइटका रुपमा लिएका छन् । एन्डोराको इतिहासमा पनि सम्भवत त्यो ठूलो नतिजा हो ।
यद्यपि उनको धेरै अमिस्मरणीय क्षण रहेको बताए ।
उनले सन् १९९८ मा ब्राजिलविरुद्ध रोनाल्डो रिभाल्डो लगायत खेलाडीका विरुद्ध खेलेको बताए ।
‘मेरो लागि महत्वपूर्ण खेल मध्ये एक सन् १९९८ मा हो । फ्रान्समा विश्वकपको एक हप्ताअघि हामीले मैत्रीपूर्ण खेलमा ब्राजिलसँग खेलेका थियौँ । हामीले रोनाल्डो रिभाल्डो रोबर्टो कार्लोस डुंगा जस्ता खेलाडीसँग खेल्यौँ,’ उनले बताए ।
उनले त्यसअघि इस्टोनिया र लात्भिया विरुद्ध खेले पनि ब्राजिल विरुद्ध खेलेपछि जुनसुकै टिमविरुद्ध खेल्न सक्ने बताए ।
‘त्यो खेलअघि र खेलपछिको क्षण छुट्टै थियो । म १८ वर्षको थिएँ । मैले इस्टोनिया र लात्भिया जस्ता साना देशविरुद्ध खेलेको थिएँ । तर यदी मेले ब्राजिलविरुद्ध खेल्न सक्छु भने मैले जोसँग पनि खेल्न सक्छु,’ लिमाले भने, ‘अब ठूला देशविरुद्ध खेल्नु सामान्य बन्यो । तर मेरो लागि ब्राजलि र रोनाल्डोविरुद्ध खेल्नु विशेष क्षण थियो किन कि त्यो एन्डोराको लागि ठूला खेलको सुरुआत थियो ।’
दुई दशक बढी खेल्दा लिमाले विश्व फुटबलका ठूला स्टारहरुसँग खेले । तर उनले ब्राजिलका रोनाल्डो आफूले खेलेका अहिलेसम्का उत्कृष्ट भएको बताए । ‘मैले रोनाल्डोसँग प्लेस्टेसनमा खेलेको थिएँ । एक सातापछि उनी पिचमा मेरो नजिकै थिए । यो साँच्चै अनौठो थियो,’ लिमाले भने, ‘उनी बलिया थिए । चाँडै खेल्थे । स्ट्राइकरमा हुनुपर्ने सबै उनमा थियो । यस्तो खालको खेलाडीलाई तपाई रोक्न सक्नुहुन्न । उनीहरुसँग केही विशेष छ ।’
लिमाले दुई दशकभन्दा बढी खेल्दा जम्मा पारेको ६ सयभन्दा बढी जर्सी संग्रह रहेको बताएका छन् ।
यस्तै उनले आफ्नो दाइ टोनी लिमासैगै खेल्नुलाई अनौठो अनुभव मानेका छन् । फुटबलम लाग्न दाइले ने प्रेरित गरेको उनले बताए ।
प्रतिक्रिया 4