Comments Add Comment

कोरोना संक्रमितमध्ये २१ जना महागढिमाईका

१२ जेठ, काठमाडौं । बारामा सोमबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २१ जना महागढीमाई नगरपालिकाका हुन् । उनीहरु जेठ ५ गते भारतको मुम्बई, पटना, हरियाणा, दिल्ली र पञ्जाबबाट आएकाहरु हुन् ।

जेठ ५ गते आएका उनीहरुलाई सीमा नाकामा खटिएका सुरक्षाकर्मीको सहयोगमा बवुवाइन मावि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।

सो क्वारेन्टाइनमा रहेका ३८ जनामध्ये ३० जनाको जेठ ७ गते स्वाब संकलन गरिएको थियो । परीक्षण गरेका ३० मध्ये २१ जनामा संक्रमण पुष्टि भएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले अनलाइनखबरलाई बताए ।

एकैदिन २३ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको छ । ‘कलैया अस्पतालमा राख्नका लागि बेड व्यवस्थापन गर्ने काम भइरहेको भन्ने सुनेको छु । बेड व्यवस्थापन हुनासाथ उनीहरुलाई कलैया अस्पताल लगिने छ’ मेयर यादवले भने ।

सोमबार पुष्टि भएकामध्ये जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत पर्सा घर भएका प्रहरी कर्मचारी हुन् भने अर्को व्यक्तिबारे बुझ्ने काम भइरहेको डीएसपी गौतम मिश्रले जानकारी दिए ।

किटको अभाव

बारामा किट अभावका कारण क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि परीक्षण हुन सकेको छैन । महागढीमाईमा पछिल्लो सात दिनमा भारतका विभिन्न सहरबाट ५० जना आएका छन् । उनीहरुलाई तीन वटा विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।

तर समयमै उनीहरुको परीक्षण हुन नसक्दा संक्रमणको जोखिम बढेको उनको भनाइ छ ।

स्वाब संकलन भएको चार दिनदेखि उनीहरु क्वारेन्टाइनमा संक्रमण नभएका अरुसँगै छन् । ‘९ जनाको नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था त छैन नि । संक्रमित २१ जना त ३८ जनासँगै बसेका व्यक्तिहरु हुन् नि । त्यसैले नेगेटिभ आएका व्यक्ति र बाँकी सबैको परीक्षण हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment