Comments Add Comment

राजमार्गमा गाडीको ठक्करले युवकको मृत्यु

१२ जेठ, सप्तरी । सप्तरीमा एक युवकको दुर्घटनामा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौलस्थित सडक खण्डमा सवारीको ठक्करले अन्दाजी २० बर्षीय युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करले मृत्यु हुनेको युवकसहित ठक्कर दिने सबारीको समेत पहिचान हुन सकेको छैन । आइतबार राति सवा १० बजेतिर नाम र नम्बर खुल्न नसकेको सवारीले नाम र ठेगाना खुल्न नसकेका युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

ठक्करले घाइते भएका युवकलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएपनि राति नै १२ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ ।

कालो जिन्स पाइन्ट, सेतो फुल बाउला भएको सर्ट लगाएको, उचाइ ५ फिट ३ इन्च भएको, शरीर पातलो, कालो वर्णको तराईबासी जस्तोे देखिने युवकको मृत्यु भएको भन्दै प्रहरीले घटनामा संलग्न सवारी साधन र चालकको खोज तलास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment