Comments Add Comment

बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिए

१२ जेठ, काठमाडौं । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख कुमारबहादुर खड्कालाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।

कोरोना संक्रमितको हटस्पट बनेको बाँके प्रशासनको कमाण्डमा गृहले रामबहादुर कुरुम्बाङलाई पठाएको छ । उनी जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत थिए ।

गृह मन्त्रालयमा रहेका सह–सचिव शंकरहरि आचार्यलार्य जिल्ला प्रशासन कार्यालय, सप्तरी पठाइएको छ भने सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई अध्यागमन विभाग पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको चितवनमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको छ । गृह मनत्रायलका उप–सचिव शम्भुप्रसाद रेग्मीको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको छ ।

गृह मन्त्रालयका उप–सचिव भूपेन्द्र थापाको जिल्ला प्रशासन कार्यालय जुम्लामा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment