Comments Add Comment

आइसोलेसनबाट भागेका व्यक्ति फेला परे, कहाँ राख्ने भन्नेमा अन्योल

१२ जेठ, जनकपुरधाम । जनकपुरधामस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनबाट फरार भएका संक्रमित फेला परेका छन् ।

आइतबार आइसोलेसन कक्षबाट भागेका सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ धनकौलका ४५ बर्षीय पुरुष सोमबार घर नजिकै फेला परेका हुन् ।

उनलाई अब कहाँ राख्ने भन्ने विषयमा अन्योल भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उनलाई जनकपुर नै पठाउन लागिएको बताए । ‘जनकपुरमा भर्ना भएका मान्छेलाई त्यहीं पठाउन लागेका छौं’ उनले भने ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकपुरको आइसोलेसन बेड भरिसकेकाले उनलाई सर्लाहीतिरै राख्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment