+
+
Shares

हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न अस्थायी प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते ६:३४

१३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ ।

कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ। त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो।

यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो । १० सदस्य देशका प्रतिनिधि रहेको यो समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको हो । साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णयसमेत भएको छ ।

हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधिको प्रयोग मलेरिया र लुपस जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । तर, कोरोना भाइरसको महामारी फैलिएपछि कतिपय देशमा कोरोनाका बिरामीलाई र कोरोना संक्रमण नभइसकेकालाई पनि दिइएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरूलाई पनि यो औषधि सेवन गर्न सुझाव दिएका थिए ।

संयुक्त राष्ट्र संघअन्तर्गतको डब्ल्यूएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिको जथाभावी प्रयोग भएकोमा चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएचओका निर्देशक डा. टेड्रोसले सोमबार भनेका छन्, ‘यो औषधिको सुरक्षित प्रयोगको बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने छ । साथै यस औषधिसँग सम्बन्धित विश्वभर भइरहेको प्रयोगको व्यापक विश्लेषण पनि गरिने छ ।’

कोरोनाका बिरामीका लागि प्रयोग गर्न मिल्ने औषधि अझै पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?