
१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
यसअघि उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुंगेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
ढुंगेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत थिए । हाल नेकपा केन्द्रीय सदस्य ढुंगेल विध्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज पनि हुन् ।
सरकारले वि.सं. २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।
प्रतिक्रिया 4