Comments Add Comment

प्रकाश सपुत लेख्छन्–‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’

जाजरकोटका नवराज वीकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको हत्या गरियो । ढुंगाले हिर्काएरै उनको हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ ।

गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् । सपुत लेख्छन्–‘सरकार, खुकुरी उदाएर निस्किकै हो । जान्छु देशको सिमानामा र थापिन्छु । कि काट्छु कि काटिन्छु भनेर । तर, रुकुम पुगेर रोकिएँ । सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी । जातिय विभेदको, वर्गिय विभेदको ।’

सपुतले यी पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न भन्दै प्रश्न पनि गरेका छन् । सपुत लेख्छन्–‘म एक स्वाभिमानी नेपाली, यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ।’

उनले, नवराजको मृत्युसँगै सबैको आत्मसम्मानको पनि मृत्यु भएको उल्लेख गरेका छन् । उनले दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियती देशकै लागि लज्जाको बिषय भएको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment