+
+
Shares

सप्तरीमा गर्भवती महिलाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १३:०४
सां‌केतिक फोटो

१३ जेठ, सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । ‘निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो’ गुप्ताले भने ।

उनलाई पछिल्लो एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । गत जेठ ८ गते सदरमुकाम राजविराजस्थित डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताए ।

ज्वरो आउने, श्वास लिन समस्या भएपछि उनलाई घरमै राख्न सल्लाह दिइएको थियो । तर सोमबार रातिदेखि उनलाई श्वास लिन अति नै समस्या भएपछि मंगलबार राजविराजतर्फ ल्याउने तयारी गरिरहेकै अवस्थामा मृत्यु भएको गुप्ताले जानकारी दिएका छन् ।

स्वाब लिइयो, अन्तिम संस्कार गर्नेबारे छलफल

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको छ । उनको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताए ।

मृतकको शवलाई अन्तिम संस्कार गर्ने बारे नगरपालिकाको बैठक बसिरहेको गुप्ताले बताए । ‘जिल्ला स्वास्थ्य कार्यालयबाट नेपाली सेनाको टोलीलाई दाह संस्कार गर्न भनिएको छ’ उनले भने, ‘यद्यपी हाम्रो बैठकले गर्ने निर्णयको पनि प्रतिक्षा गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?