Comments Add Comment

दलित युवाको हत्याको विरोधमा प्रदर्शन

१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य ३ जना बेपत्ता छन् ।

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

मंगलबारको संसद बैठकमा पनि सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ ।

अन्य विभिन्न संघ–संस्थाहरूले पनि गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment