Comments Add Comment

स्याङ्जाका संक्रमितको ट्राभल हिस्ट्री : सुनौलीमा आएर फोन गरे, नगरपालिकाले गाडी पठायो

१३ जेठ, पोखरा । स्याङ्जामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको पाइएको छ ।

भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका उनी उनीहरुले फोन गरेपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिन अघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘हाम्रा नागरिक नाकामा अलपत्र नपरुन भनेरै हामीले गाडी पठाएर ल्याएका हौं,’ दिलिपप्रताप मेयर खाँडले भने, ‘७ जनालाई सुनौलिदेखि सँगै ल्याएका थियौं ।’

वलिङ ल्याएको भोलिपल्ट उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलिबजार पठाइएको छ । ५ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको मेयर खाँडले जानकारी दिए ।

नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment