+
+
Shares

लायन्स क्लबद्वारा वीर अस्पताललाई पीपीई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १४:००

१३ जेठ, काठमाडौं । लाइन्स क्लब इन्टरनेशनलले वीर अस्पतालमा पीपीई सहयोग गरेको छ । क्लबले दुई हजार सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भाइजर सहयोग गरेको हो ।

मंगलबार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले न्याम्सका पदाधिकारीलाई हस्तान्तरण गरेको हो । क्लबले आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ ।

न्याम्सका उपकुलपति प्रा. डा डीएन शाहले सहयोगले ठूलो राहत मिलेको बताए । बजारमा नपाएको बेला अत्यावश्यक सामान दिएको भन्दै धन्यवाद दिए । यस्तो सहयोग स्वास्थ्यकर्मीलाई हौसला मिल्ने पनि शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?