Comments Add Comment

गुल्मीमा गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

१३ जेठ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् ।

गुल्मीमा सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको पोखरेलले बताए ।

उनकाअनुसार छिमेकी गाउँपालिकाका कोरोना संक्रमण देखिएपछि धुर्कोटले केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो । त्यसक्रममा एक पदाधिकारीको पोजेटिभ आयो । लगतै उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

त्यसमा पोखरेलको रिपोर्ट पोजेटिभ आउको छ । आफू गाउँपालिका बाहिर सदरमुकाम तम्घास मात्र भएको भन्दै उनलेभनेका छन्, ‘यति हुँदाहुँदै मेरो रिपोर्ट पोजेटिभ देखिएकाले धुर्कोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको छ ।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केही हप्ता एकान्त बास बस्ने उनले बताएका छन् ।

गाउँपालिका अध्यक्षलाई नै संक्रमण पुष्टि भएपछि गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ भने सामाजिक दुरी कायम गरेर पारिवारिक रुपमाकृषि कर्म गर्न अनुमति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment