Comments Add Comment

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

१३ जेठ, काठमाडौं । कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए।

ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् ।

‘उहाँको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न जानुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो , ‘संक्रमित बिरामी भेटेको थाहा पाएपछि मन्त्री आफैं सतर्क भएर क्वारेण्टाइनमा बस्नुभएको हो ।’

मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका थिए ।

मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज) लिइएको छ ।  संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको हो । जसको रिपोर्ट साँझसम्म आउने स्रोतले जानकारी दिएको छ ।

मन्त्री ढकाल मंगलबार दिउँसो भने मन्त्रालय पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment