Comments Add Comment

नेपालका साना तथा मध्यम व्यवसाय प्रवर्द्धनमा सघाउछौं : आईएफसी

१३ जेठ, काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी) ले कोभिड १९ को महामारीका कारण सिथिल बनेको निजी क्षेत्रलाई गतिशील पार्न भूमिका खेल्ने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले यस्तो बताएकी हुन् ।

अहिले कठीन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आईएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै उनले संकटमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

कोभिड १९ को शुरुआतबाट नै नेपालमा पर्यटन लगायत सेवा क्षेत्र धराशायी भएको भन्दै उनले यसको असर भविष्यमा पनि केही समय रहिरहने उल्लेख गरिन् । आईएफसीले अन्तर्राष्ट्रिय स्तमा निजी क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको उनले जानकारी गराइन् ।

नेपालमा निजी क्षेत्रको इक्विटी लगानीकर्ताका रुपमा मात्र नभई आईएफसीलेे बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने प्रतिवद्धता जनाएकी छिन् । आईएफसीले विश्वव्यापी रुपमा कोभिड १९ बाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय संघसंस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यसवर्ष साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जानकारी दिइन् ।

कोभिड १९ बाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस वर्षको अन्तिम सम्म आईएफसीको नेपालमा लगानी शून्य दशमलव ५ अर्ब अमेरिकी डलर लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आईएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment