Comments Add Comment

संक्रमित भेटिनेवित्तिकै सिल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको छ । यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन अनुराेध गरेकाे हाे ।

‘स्थानीय तह र समुदायमा कोरोना संक्रमितको ठेगाना सुन्नेबित्तिकै सिल गर्ने प्रवृत्ति छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा साे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘हतारमा यस्तो निर्णय लिन जरुरी छैन । संक्रमितबारे इपिडिमियोलोजी र प्रदेश सरकारबाट जानकारी आएपछि मात्रै यसबारे निर्णय गर्नुहोला ।’

कोरोना परीक्षणका लागि नमुना दिँदा आफ्नो अस्थायी र स्थायी ठेगाना उपलब्ध गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परीक्षण गराउनेको पूर्ण विवरण नहुँदा संक्रमितको अस्थायी र स्थायी ठेगानाबारे अन्योल बढेको भन्दै स्वास्थ्यले पूर्ण विवरण पेस गर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment