
१३ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको छ ।
संक्रमित संख्याको हिसाबमा अमेरिका सबैभन्दा अघि छ । अमेरिकामा अहिलेसम्म १६ लाख ६२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ७४ हजार नाघेको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख ४६ हजार ६ सय ३२ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९८ हजार २ सय २३ जनाको मृत्यु भएको छ । बेलायतमा ३६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ ।
इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ हजार ८८७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर २२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन् । अमेरिकामा तीन लाख ७९ हजार संक्रमित निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ६१ हजार मानिस निको भएर घर फर्किएका छन् । ब्राजिलमा पनि एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया 4