Comments Add Comment

यी खानेकुरा, जसले मेटाबोलिज्म धिमा बनाइदिन्छ

मेटाबोलिज्म शरीरको यस्तो प्रणाली हो, जसले शरीरमा उर्जा बनाउँछ र त्यसको प्रयोग गर्छ । यसबाट सजिलैसँग के थाहा पाउन सकिन्छ भने मेटाबोलिज्म धिमा भएपछि शरीरमा उर्जाको कमी हुन्छ । यसले गर्दा हरेक समय थकान महसुष हुन्छ । शरीर आलस्य हुन्छ । शरीरले उर्जालाई सही ढंगले प्रयोग गर्न पाउँदैन । यसले गर्दा क्यालोरी फ्याटको रुपमा शरीरमा जम्मा हुन्छ । यसैले मोटोपन बढ्छ ।

यसको ठीक विपरित यदि कुनै व्यक्तिको मेटाबोलिज्म तिब्र छ भने उनमा उर्जा भरपूर हुन्छ । उनको शरीरले राम्ररी फ्याट बर्न गर्छ । शरीर तन्दुरुस्त रहन्छ । मोटोपनको समस्या हुँदैन । अब प्रश्न उठ्छ, मेटाबोलिज्म कसरी तिब्र बनाउने त ?

यसका लागि तीन तरिका छन् ।

एक, स्वस्थ्यकर र सुपाच्य खानेकुरा सेवन ।

दुई, गहिरो र पर्याप्त निद्रा ।

तीन, नियमित समुचित व्यायाम ।

त्यसो त मेटाबोलिज्म सुस्त हुनुका अनेक कारण हुनसक्छ । त्यसमध्ये एक हो, गलत खानेकुराको सेवन । केही यस्ता खानेकुरा छन् जो हामी दैनिक सेवन गर्छौ । यी खानेकुरा अस्वस्थ्यकर त हुन्छ नै मेटाबोलिज्मलाई पनि सुस्त बनाइदिन्छ । त्यसैले यस्ता खानेकुराले मोटोपन बढाउँछ । के हुन् त ति खानेकुरा ?

सेतो खानेकुरा

सेतो चामल, सेतो पाउरोटी, सेतो पास्ता वा मैदाबाट बनेको खानेकुराले मेटाबोलिज्ममा असर पु¥याउँछ । यी सबै खानेकुरा प्रशोधित अन्नबाट बनाइन्छ । यसमा न फाइबर हुन्छ, न पर्याप्त पोषक तत्व नै । त्यसैले यस्ता खानेकुराले मोटोपन बढाउँछ । त्यसो त आलुलाई पनि तेलमा तारेर सेवन गर्दा त्यो अस्वस्थ्यकर हुनछ । यद्यपि उसिनेको आलु भने स्वस्थ्यकर मानिन्छ ।

गुलियो खानेकुरा

गुलियो खानेकुरा खासगरी कृतिम चिनीबाट तयार गरिएका परिकारले मेटाबोलिज्म धिमा बनाइदिन्छ । त्यसो त यस्ता परिकारले रगतमा सुगरको मात्रा पनि ढाउँछ । यसले मधुमेहको जोखिम बढाउनका साथसाथै अन्य अंगलाई पनि नष्ट गर्छ ।

गुलियो खानुपर्छ, तर प्राकृतिक गुलियो । जस्तो कि, फलफूल ।

मदिरा

मदिराको थोरै मात्राले पनि हाम्रो स्नायु प्रणालीमा नराम्रो असर गर्छ । यसका साथै मदिराले मेटाबोलिज्मलाई एकदमै धिमा बनाइदिन्छ । मदिराको सेवनले कलेजोमा क्षति पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment