Comments Add Comment

दैनिक ३५ किलो खाना खाने राजा, जसले विष पनि चाख्दथे

यो संसारमा खानाका शौखिनहरुको कुनै कमी छैन । तर हरेक दिन ३५ किलो खानेकुरा कोही मानिसले खान सक्दछ भन्ने कुरा सायद कसैलाई विश्वास लाग्ला ।

तर नपत्याइ कहाँ पाइन्छ र ? विश्वको इतिहासमा एकजना यस्ता राजा थिए, जसले दैनिक ३० किलो खाना खान्थे ।

हरेक दिन ३० किलो खानेकुरा खाने मात्र कहाँ हो र ? ती राजाले त दिनहुँ केही मात्रामा विष पनि चाख्दथे ।

ती वादशाहको नाम हो, महमुद बेगडा हो । भारतको गुजरातका छैटौं सुल्तान हुन् । उनी १३ वर्षको उमेरमा गद्दीमा बसेका थिए र ५२ वर्षसम्म गुजरातमा शासन गरेका थिए । बेगडालाई उनको वंशका सबैभन्दा प्रतापी राजा भनिन्छ ।

उनको खास नाम महमुद शाह प्रथम थियो । पछि विभिन्न क्षेत्रहरुमाथि विजय प्राप्त गरेर आफ्नो राज्यमा गाभेपछि उनलाई बेगडा उपाधि दिइएको थियो । गिरनार राज्य कब्जा गरेसँगै उनले मुस्लिम धर्म अबलम्बन गरेको बताइन्छ ।

महमुद बेगडालाई निकै सुन्दर राजा मानिन्छ । उनको दाह्रीजुँगा निकै ठूलो थियो । उनको दाह्री कम्मरसम्म लामो र जुँगा टाउकोमा बेर्न मिल्नेसम्म लामो थियो, भनिन्छ ।

महमुद बेगडाको बारेमा एउटा कुरा निकै चर्चित छ । उनले दिनमा कम्तीमा ३५ किलो खाना खान्थे । उनले नास्तामा एक कचौरा मह, एक कचौरा घिउ तथा डेढ सय वटासम्म केरा खान्थे । त्यतिमात्र होइन, उनलाई रातको समयमा सिरानीको दायाँबायाँ खानेकुरा राखिन्थ्यो ता कि उनलाई भोक लाग्ने बित्तिकै खान सकून् ।

भनिन्छ कि सुल्तान बेगडालाई बाल्यकालमै कुनै विष सेवन गराइएको थियो । त्यसपछि उनले हरेक दिन खानेकुरा सँगै अलिकति विष पनि खान्थे ।

इतिहासमा यस्तो किस्सा छ कि ती राजाको शरीर निकै विषाक्त भइसकेको थियो । त्यसैले उनको जिउमा बस्ने झिँगासमेत विषका कारण तत्कालै मर्दथ्यो । उनले लगाएका कपडाहरु कसैले पनि छुन सक्दैनथे र सीधै जलाइन्थ्यो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment