Comments Add Comment

सुदूरपश्चिमको प्रदेशसभामा सरकारको आलोचना

१४ जेठ, डोटी । मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशनमा प्रदेश सरकारको आलोचना भएको छ । प्रतिपक्षले मात्रै होइन सत्तापक्षका सांसदले पनि सरकारको बारेमा सोच्नु पर्ने बेला आएको अभिव्यक्ति दिएका छन ।

प्रदेशसभाको बैठकमा बोल्दै सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारको प्रगति निकै कमजोर देखिएको सांसद तामाङको भनाइ छ । उनले जनतालाई प्रदेश सरकार भएको अनुभूति नै नभएको बताए ।

प्रमुख सचेतक तामाङले संसद विकासका योजनालाई मन्त्रालय र कर्मचारीहरुबाटै बेवारिसे बनाउने कामभइरहेको बताउँदै यसतर्फ सरकारले ध्यानदिन जरुरी रहेको बताए ।

उनले संसद विकास कोषको ५० प्रतिशत योजनाको सम्झौता नभएको भन्दै आफूहरुलाई नजरअन्दाज गरे सरकारबारे समीक्षा गर्ने बताए ।

उनले थपे, ‘विकास निर्माणको काममा समेर प्रदेश सरकारको प्रगतिनिकै कमजोर रहेको छ, सरकारले सच्चिनु पर्छ,’ सरकार बेलैमा नसच्चिए विकल्प खोज्नु पर्ने धारणासमेत तामाङले राखे ।

सुदूर पश्चिम प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणका लागि पूर्ण रुपमा असफल भएको प्रतिपक्षी दलसँगै सत्तापक्षकै सांसदहरुले आरोप लगाएका छन् ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सरकारका गतिविधि प्रति रोष व्यक्त गरेका छन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डा रणबहादुर रावलले सरकारले समन्वय नगरेको र कोरोना रोकथामका लागि कुनै पहल नगरेको आरोप लगाए । उनले सुदूरपश्चिमका जनताले प्रदेश सरकार भएको अनुभूूति गर्न नसकेको बताए ।

डा रावलले यतिबेला प्रतिपक्ष नभनी आफूहरु सरकारका साथमा भए पनि सरकारले भने बेेवास्ता गरेको, समन्वय र सल्लाह नगरेको आरोप लगाए ।

भारतबाट आएका नेपालीहरुलाई सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्ने र उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउने सवालमा सरकार गैरजिम्मेबार देखिएको नेता रावलको आरोप छ र
उनले संघीय सरकारले कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पारेकोमा धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment