Comments Add Comment

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न होस् वा कुनै पट्यारलाग्दो दिन कटाउन, चियाको साथ खोजिन्छ । तर, हामीले दुध, चिनीसहित तयार गर्ने चिया कति स्वस्थ्यकर होला ?

चिया हाम्रै घर–आँगनको उत्पादन हो । हामीकहाँ थरीथरीका चिया उत्पादन हुन्छन् । त्यसमध्ये धेरैजसो विदेश निर्यात हुन्छ भने बाँकी स्वदेशमै खपत हुन्छ । स्वदेशमा खपत हुने चिया तुलनात्मक रुपमा सस्तो र कमसल हुनेगर्छ ।

अतः उक्त चियालाई दुध र चिनी मिसाएर सेवन गर्दा त्यसले शरीरलाई लाभ मिल्दैन,  खासगरी पेटसम्बन्धी समस्या भएकाहरुलाई ।

कतिपयले दिनमा दुई÷तीन कप दुध चिया पिउँछन् । उनीहरुले आफ्नो स्वास्थ्यमा कुनै खराबी भएको पाउँदैनन् । तर, सबैको हकमा त्यस्तो हुँदैन । आफ्नो शरीर वा चिया पिउने बानी अनुसार पनि चियाले असर गर्न सक्छ । बिहान खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउनु उचित हुँदैन । यसले अनेकन स्वास्थ्य समस्या निम्त्याउँछ ।

पेट फुल्ने

चियामा धेरै मात्रामा क्याफिन हुन्छ । दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ । खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ ।

पोषक तत्वको कमी

चियामा रहेको दुधले शरीरमा पोषक तत्वको अवशोषणमा बाधा पु¥याउँछ । जसले शरीरमा आइरन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।

निद्रा नलाग्ने र तनाव बढ्ने

चियाको अधिक सेवन शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि हानीकारक हुन्छ ।

क्याफिनको कारण निन्द्रा आउँदैन जुन तनाव बढ्ने मुख्य कारण हुन्छ । यसैले धेरै चिया पिउनाले एन्जाइटी तनाव बेचैनी र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ ।

चियाको लत लाग्ने

चियामा क्याफिन हुन्छ जो लतको कारण हुन्छ । दैनिक २–३ कप चिया पिउनुहुन्छ भने तपाई चियाको एडिक्ट हुन सक्नुहुन्छ । यस्तोमा चियाको तलतल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र तनाव महसुस हुन्छ ।

डिहाइड्रेसन

चियाको कारण डिहाइड्रेसनको समस्या पैदा हुन्छ । चियामा हुने क्याफिनले शरीरबाट पानीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डिहाइड्रेशनको शिकार बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment