Comments Add Comment

फास्ट ट्र्रयाककाे काम दोस्रो चरणमा पुग्यो : आयोजना प्रमुख

लकडाउनले फास्ट ट्र्रयाकको काम प्रभावित

१४ जेठ, काठमाडौं । काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताएका छन् । यद्यपि, हालसम्मको स्थितिमा तोकिएको समयभित्र आयोजना पूरा गर्न कनै असर नपुग्ने उनको भनाइ छ ।

‘हामीले ११ वटा क्लस्टर बनाएर एकैपटक काम गरिरहेका छौं’, बुधबार सेनाले आयोजना गरेको भिडियो कन्फरेन्समा उनले भने, ‘अहिलेको स्थितिलाई म्यानेज गर्न सकिन्छ । यस्तै अवस्था रहिरहे अन्य विकल्पबारे पनि सोच्नुपर्छ ।’

लकडाउनका कारण परामर्शदाता पनि काठमाडौं आउन नसकेको उनले बताए । सेनाले योसिन इञ्जिनियरिङ कर्पोरेसन, कोरिया जेभीलाई परामर्शदाता छनौट गरेको थियो ।

‘सेनाले गर्ने फाउन्डेसनको काम सकिसकेको छ’, प्राविधिक सहायक रथी श्रेष्ठले भने, ‘योसँगै अब फास्ट ट्याक निर्माणको कार्य दोस्रो चरणमा पुगेको छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय परामर्शदाता आएपछि पुल र सुरुङ निर्माणको कार्य थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment