Comments Add Comment

भुल्केका ४ जना संक्रमित कोरोना निको भएर फर्किए

१४ जेठ, विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट बुधबार थप ४ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बुधबार डिस्चार्ज भएका पुरुष र एक महिला ९ वैशाखमा अस्पताल भर्ना भएका थिए । २ जना २७ वैशाखमा भर्ना भएका थिए ।

त्रसित मुद्रामा अस्पताल आएकाहरु बुधबार फूलगुच्छा बोकेर मुस्कुराउँदै बिदा भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको बस्नेतले जानकारी दिए ।

आइतबार ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १०४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment