Comments Add Comment

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र : विशेष आर्थिक प्याकेज चाहियो

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

साथै प्रदेश सरकारले मात्र खाद्यान्नसहित राहत उपलब्ध गराउन चुनौतीपूर्ण भएको भन्दै उनले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पीसीआर मेसिन सञ्चालनमा ल्याएपनि भिटिएमको अभावमा अपेक्षित परिक्षण गर्न नसकिएको भन्दै उनले किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment