+
+
Shares

सर्लाहीका ७ नयाँ संक्रमित मलंगवाका

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १३:३४

१५ जेठ, जनकपुरधाम । सर्लाहीमा बिहीबार फेला परेका सात जना कोरोना संक्रमित सदरमुकाम मलंगवाकै भएको खुलेको छ ।

एक साताअघि उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मलगंवा नगरपालिका वडा नम्बर ३, ६, ९ र ११ का ७ जना संक्रमित पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार १७, १८, २१, २६, ३१ र ३० बर्षका २ जना पुरुष संक्रमित देखिएका छन् ।

उनीहरुलाई मलंगवास्थित अल्पमाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको उनले बताए । यो ७ जनासँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?