Comments Add Comment

कर्णालीको नीति तथा कार्यक्रम शुक्रबार

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि (शुक्रबार) ल्याउने भएको छ । सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा प्रस्तुत गर्न लागेको हो ।

कणर्ाली प्रदेश सरकारले उपचार, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकार प्रवक्ता एवंम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोरोना विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री केसीको भनाइ छ । ‘खाद्यका लागि विकास भन्ने नारासहित नीति तथा कार्यक्रम आउँछ,’ उनले भनिन् , ‘खाद्य उत्पादनसँगै आपूर्तिलाई पनि जोडिनेछ ।

कोरोनाबाट प्रभावित युवालाई रोजगारी दिने गरी नीति तथा कार्यक्रम आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment