Comments Add Comment

आमाको हत्यापछि युवकद्वारा आत्महत्या

१५ जेठ, विराटनगर । बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् ।

खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए ।

छोराले इँटा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

आमाको हत्यापछि आफ्नै घाँटी रेटेका लिम्बुको स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।

हत्याको कारण लागूऔषध

प्रहरीका अनुसार जीवन लागूऔषध प्रयोगकर्ता हुन् । बुधबार उनको घरमा मासु पकाइएको थियो । तर खाना खाने विषयमा सामान्य विवाद हुँदा लिम्बूले आमालाई इँटा प्रहार गरेका हुन् । इँटा प्रहारबाट भान्सामा लडेकी देवीकुमारीको घटनास्थलमै मृत्यु भयो ।

आमालाई इटा प्रहार गरी निस्किएका जीवनले छिमेकीको भान्साबाट चक्कु निकालेर आफ्नो घाटी रेटेको प्रहरीले भनाइ छ ।

घटनालगत्तै पुगेको प्रहरीले उपचारका लागि जीवनलाई अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको केहीबेरमा उनको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment