+
+

माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:११

१५ जेठ, काठमाडौं । सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन ।

मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे ।

राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत देश दर्शन गर्न प्रोत्साहन गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?