१५ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक नै भएको प्रक्रिया दिएका छन् ।
सरकारले बजेटका विभिन्न खर्चहरु कटौति गरेको र करका दरहरु पनि घटाएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटलाई आफूले सकारात्मक नै लिएको बताए ।
इद्यपि, निजी क्षेत्रका लागि आवश्यक सहुलियतका प्याकेज भने सरकारले नल्याएको उनले बताए । चेम्बरले दिएको धेरै सुझावहरु समेटिएको उनले बताए ।
‘बजेट सुन्दा राम्रै हुन्छ, यसपाली अलिकति समेटेको हो कि जस्तो लागेको छ’ उनले भने, ‘हामीले दिएको कृषि, पर्यटन, वैदेशिक रोजगारी, सिपमुलक तालिम, रोजगारी सिर्जना लगायतका सुझावहरु धेरै कुरा समेटिएको छ ।’
उनले विजुली महशुल घटाएको विषय स्वागत योग्य भएको बताए । निजी क्षेत्रलाई बचाउन पर्याप्त योजनाहरु भने नआएको उनले बताए ।
‘जीवन रक्षाका लागि ९१ अर्ब छुट्याएको छ, जीवन रक्षा त होला तर जिविका चलाउन अलि उत्साहित आएन’ उनले भने, ‘पहिलेको बजेट भन्दा विशेष आउनु पर्ने थियो तर विशेष प्याकेज आएन ।’
सरकारी कर्मचारीको भत्ता काटेपछि उनले घुमौरो पारमा यसले भ्रष्टाचार बढाउन सक्ने बताए । यसतर्फ सरकार चनाखो हुनुपर्ने उनले बताए ।
बजेटमा आन्तरिक ऋण बढेको भन्दै यसले तरलता अभाव हुने र ब्याज बढाउछ कि भन्ने विषयले चिन्तित भएको बताए ।
राजश्वका विषयमा भने अहिले नै केहि भनिहाल्न नसकिने उनले बताए । ‘आर्थिक ऐनमा केके लेखिएको हुन्छ, त्यो हेरेपछि मात्रे राजश्व्को विषयमा बोल्न सकिएला’ उनले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4