+
+
Shares

कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा स्थानीयको अवरोध, प्रहरीद्वारा हवाई फायर

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ १६ गते ११:५१

१६ जेठ, रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?