Comments Add Comment

‘पाताल लोक’बारे अनुष्का भन्छिन्–‘हामीले समाजको चित्र देखाएका छौ’

बलिउड नायिका अनुष्का शर्माको ध्यान वेव सिरिज निर्माणमा पनि छ । चलचित्र होस् या वेव सिरिज नै किन नहोस्, अनुष्का फरक कथामा ध्यान दिइरहेकी छिन् । तर, उनले निर्माण गरेको वेव सिरिज ‘पाताल लोक’ भने विवादमा आयो । यो सिरिजले नेपाली चेलीको अपमान गरेको भन्दै नेपालमा आवाज पनि उठेको थियो ।

तर, नायिका अनुष्का शर्माले भने कुनै पनि अपराधीलाई सकारात्मक मानविय तरिकाले देखाउन नखोजिएको बताएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै अनुष्काले भनेकी छिन्–‘हामीले कुनै पनि मानिसको पछाडि एउटा कहानी हुन्छ भनेर देखाउन खोजेका छौ । उसलाई जस्तो तरिकाको व्यवहार गरिन्छ, उ सोही अनुसार नै समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौ र दर्शकलाई नै सही वा गलत छुट्टाउने अधिकार छोडिदिएका छौै ।’

अनुष्काले, आफूले उठाउने कुनै पनि बिषयलाई प्रमाणित गरेर वेव सिरिज बनाउने गरेको पनि बताएकी छिन् । हामीले पातल लोक बनाउँदा पनि समाजसँग नजिक हुने कथा खोजेका छौ । आज, मानिसहरुले यसको प्रशंसा गरेको सुन्दा खुशी लागेको छ ।’

अनुष्काले, आफूहरुले बनाउने वेव सिरिजमा कुनै पनि खालको निर्णय प्रस्तुत नगरेको बताएकी छिन् । तर, संसार असफल हुनुको पछाडि कस्ता खालका मानिसको हात छ भनेर देखाउन खोजिएको उनको तर्क छ ।

आफ्नो अन्र्तवार्ताको क्रममा अनुष्काले, नेपाली चेलिबेटीको बिषयमा देखाइएको दृश्यलाई लिएर कुनै टिप्पणी गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment