Comments Add Comment

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

Photo Credit : फाइल तस्वीर
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ ।

क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ ।

साथै नेपाल जानु पूर्व पीसीआर टेष्ट गरेर कोरोना संक्रमण नभएको रिपोर्ट दूतावासमा बुझाउनुपर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्ने, १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएमा आइसोलेसन वा होडिङ सेन्टरमा लगिनेछ । नभए स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा १४ दिन बस्नेपर्नेछ । त्यहाँ टेष्ट गरेर निस्किएपछि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment