Comments Add Comment

पर्सामा थप एक जनामा कोरोना संक्रमण

१६ जेठ, काठमाडौं । पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार जिराभवानी गाउँपालिकाका एक पुरुष व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

भारतबाट आएका उनी जेठ १३ गते जिराभवानी गाउँपालिका–३ स्थित बितो महतो जनता मावि जितपुर नौकाटोला क्वारेन्टिनमा बसेका थिए ।

सो क्वारिन्टनमा बसेका १७ जनाको परीक्षण गर्दा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको जिराभवानी गाउँपालिकाका स्वास्थ्य संयोजक सफिकुल अंसारीले बताए । संक्रमित व्यक्तिलाई गण्डक कोभिड अस्पताल पठाइएको अंसारीले बताए ।

यसअघि बिहीबार पोखरियाका ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डक कोभिड अस्पतालमा उपचाररत संक्रमितको संख्या १० पुगेको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment