
१७ जेठ, काठमाडौं । नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजीसियन (एनएसईपी) ले चिकित्सकमाथि हातपात गर्नेहरूलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ६४ वर्षीय बिरामीको मृत्यु भएको घट्नालाई लिएर हातपात गर्नेलाई एनएसईपीले शनिबार विज्ञप्तिमार्फत कारबाहीे माग गरेको हो ।
‘नोवेल कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै इमर्जेन्सीमा अहोरात्र खटिने चिकित्सकमाथि भएको निन्दनीय कार्यप्रति घोर भत्सर्ना गर्दछौं’ एनएसईपीका उपाध्यक्ष डा. अजय सिं थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस घट्नामा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4