+
+

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १७:५६

१७ जेठ, भक्तपुर । मध्यपुर थिमि नगरपालिका-६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेर महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङको साथबाट मेसिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?