Comments Add Comment

रहेनन् विश्वकै वृद्ध व्यक्ति

काठमाडौं । संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको मृत्यु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार विश्वका सबैभन्दा वृद्ध व्यक्तिको रुपमा रहेका बब ह्विग्टनको १ सय १२ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित बबको गत बिहीबार मृत्यु भएको हो । बेलायतको ह्याम्पसायरका बासिन्दा बब पूर्वशिक्षक तथा इन्जिनियर समेत हुन् ।

जापानका चितेस्तु वातानाबेको मृत्युसँगै गत फेब्रुअरीमा ह्विग्टनले विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिज बुकमा प्रवेश पाएका थिए । तर उनले केवल ४ महिना मात्र कीर्तिमानीको ताज पहिरिन पाए ।

उनको जन्म सन् १९०८ को मार्च २९ मा बेलायतको योर्कशायरमा भएको थियो । बाबुआमाका सातजना सन्तानमध्ये एक रहेका ह्विग्टनका तीनजना छोराछोरी, १० जना नाति-नातिनी तथा २५ जना पनाति-पनातिनी रहेका छन् ।

स्मरण रहोस् १ सय १२ वर्षका ह्विग्टनले विश्वका सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान राखिरहेकै बेला दक्षिण अफ्रिकाका एक व्यक्तिले आफू सबैभन्दा बढी उमेरको भएको दाबी पेश गरिरहेका थिए । १ सय १६ वर्षका दाबी गरिएका फ्रेडी ब्लोमको उमेरका बारेमा गिनिज वर्ल्ड रेकर्डसले प्रमाणित गर्न बाँकी नै छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment