Comments Add Comment

भारतमा एकैदिन थपिए आठ हजारभन्दा धेरै संक्रमित

१८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ८२ हजार १४३ पुगेको छ । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच हजार १६४ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार १९७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १६० जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि १८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ४१६ जनाको मृत्यु भएको छ । गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ७ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३०९ जनाको मृत्यु भइसकेको छ । उक्त प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण देखिँदा २०१ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार ६ सयभन्दा बढी संक्रमित छन् भने २० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरका करिब ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment