+
+

‘दि भ्वाइस’का पृथ्वीको ‘सरर लिपुलेक’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १३:०७

‘दि भ्वाइस सिजन-२’मा प्रतिस्पर्धा गरेका पृथ्वी खनालले ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै अहिले यो विषयमा गीतसंगीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यो गीतमा पृथ्वीले देशको माया व्यक्त गरेका छन् । यो गीतको भिडियोमा खड्गबहादुर पुनलाई फिचरिङ गरिएको छ। गायक पृथ्वी, डम्बरलगायतलाई पनि भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा पृथ्वी र डम्बरको शब्द छ भने डम्बरको संगीत छ । हरि पुन मगरको निर्देशन रहेको यो भिडियोमा पिटर गुरुङको छायांकन र सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?