Comments Add Comment

कोरोनाबाट संक्रमित हुने ६० लाख नाघे

१८ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ब्राजिलमा करिब पाँच लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा पनि संक्रमितको संख्या चार लाखको हाराहारीमा पुगेको छ ।

त्यस्तै विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ६९ हजार २४४ पुगेको छ । अमेरिकामा अहिलेसम्म एक लाख तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । इटालीमा ३३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु हुँदा ब्राजिल र फ्रान्समा २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका २५ लाख ६६ हजार ४८ संक्रमित निको भएर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment