Comments Add Comment

कोरोनाबाट मृत्यु हुनेमा फ्रान्सभन्दा ब्राजिल अगाडि

१८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्यामा ब्राजिल फ्रान्सभन्दा पनि अगाडि देखिएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ । यससँगै मृतक संख्याको हिसाबमा ब्राजिल सबैभन्दा प्रभावित चौथो मुलुक बन्न पुगेको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २८ हजार ७७७ पुगेको छ ।

शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसका ३३ हजार २७४ नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका करिब पाँच लाख संक्रमित फेला परेका छन् ।

ब्राजिलको साओ पाउलोका गभर्नरले मुलुकको अर्थतन्त्र खोल्ने निर्णय गरेसँगै उल्लेख्य संख्यामा नयाँ संक्रमित फेला परेका छन् । स्थानीयहरुका अनुसार कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा पनि दबाब बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment