Comments Add Comment

हत्या आरोपी ससुरालीबाट पक्राउ

१८ जेठ, जनकपुरधाम । दुई वर्षअघि एक व्यक्तिको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा सिरहाका एक व्यक्तिलाई प्रहरीले ससुरालीबाट पक्राउ गरेको छ ।

मिर्चेया नगरपालिका-१ बस्ने २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई मिर्चेया नगरपालिकाकै सितापुरस्थित ससुरालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यादवले गत २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० निवासी ३६ वर्षीय शशीभूषण प्रसाद साहलाई कुटपिट गर्दै घाँटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या गरी फरार रहेका उनलाई ससुराली घरमा लुकेको अवस्थामा प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

क्राउ परेका उनलाई सिरहा जिल्ला अदालतमा पेस गरिने सिरहा प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

साहको हत्या घटनामा संलग्न सोमन भनिने राम ईश्वर कापरीलाई सिरहा जिल्ला अदालतको २०७४ साल पुस २५ गतेको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment