Comments Add Comment

इन्धनको मूल्य अझै घटाउनुपर्छ : हवाई व्यवसायी

१८ जेठ, काठमाडौं । आन्तरिक वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य अझै घटाउन सरकारसाग माग गरेका छन् ।

उडान प्रतिबन्धका कारण वायुसेवा कम्पनीहरुलाई दैनिक ६ करोड रुपैयाँ घाटा रहेको भन्दै उनीहरुले अहिले इन्धनमा उच्च नाफा भएका बेला सरकारले भाउ घटाउन कञ्जुस्याईं गर्न नहुने बताएका हुन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले भारत भन्दा हवाई इन्धन दोब्बर महंगो रहेकाले घटाउनमाग गरे । सरकारले बजेटबाट हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर हटाएको छ । जसबाट हवाई इन्धन प्रतिलिटर १० रुपैयाँ सस्तो भएको छ ।

तर, यसले पनि मूल्य समायोजनामा उल्लेख्य कमी नआउने भन्दै व्यवसायीले हवाई इन्धनमा अधिकतम १० प्रतिशतभन्दा बढी नाफा नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले बजेटमा राखिएका कतिपय प्रावधान भने सकारात्मक रहेको बताएका छन् । विभिन्न प्रकारका शूल्कमा दिएको छुट, इन्धनको पूर्वाधार कर हटाउने घोषणा समेत सकारात्मक रहेको अध्यक्ष थापाको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार आयकरमा लाग्ने २० प्रतिशतको छुटलाई समेत व्यवसायीले सकारात्मक भनेका छन् । बजेटमा बैंकिङ प्रणालीसँग सम्बन्धित विषयमा उल्लेख विषयलाई भने मौद्रिक नीतिबाट सहजीकरण हुनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment